तेस्रो दिन पुन पुर्व पश्चिम राजमार्गमा चक्काजाम

 आरक्ष पिडीत संघर्ष समिति कञ्चनपुरले शनिवार तेस्रो दिन पुन पुर्व पश्चिम राजमार्गमा चक्काजाम गरेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणी चौराहामा करीब डेढ घण्टा चक्काजाम गरिएको हो । २०५८ सालदेखी आरक्ष पिडीतहरुलाई राज्यले जग्गा उपलव्ध गराउने भनेपनि हालसम्म जग्गा उपलव्ध नगराएकाले आरक्ष पीडितहरुले चक्काजाम गरेका आरक्ष पीडितहरुले गरि रहेको संघर्षमा सहभागी जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझाले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

 यसअघि शुक्रवार कञ्चनपुरकै कृष्णपुर नगरपालिका वडा नम्बर २ वंकमा विहान ९ वजेदेखी १० वजेसम्म १ घण्टा चक्काजाम गरिएको थियो । त्यसैगरी विहीवार मात्रै पनि आरक्ष पिडीत संघर्ष समिति कञ्चनपुरले सोही ठाउँमा एक घण्टा चक्काजाम गरेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.