आइतवार अप्रिल १८ तारिखका दिन विश्व सम्पदा दिवश मनाइएको छ । ऐतिहासिक एवम् प्राचीन महत्वका सम्पदाहरुको संरक्षणका लागि सबैको ध्यान केन्द्रित गर्ने उद्येश्यले प्रत्येक वर्ष अप्रिल १८ तारिखका दिन विश्व सम्पदा दिवश मनाउने गरिन्छ । यसैविच नेपालमा पनि विश्व सम्पदा दिवश मनाइएको छ ।
नेपाल पनि धार्मिक–सामाजिक तथा वातावरणीय सम्पदाले सम्पन्न देश हो । यहाँका मूलतः भौतिक तथा अभौतिक सम्पदा नै समग्रमा नेपाली संस्कृति र सभ्यता हो । यिनै सम्पदाले नेपालको सौन्दर्य विश्वव्यापी फैलिएको छ तर केहि समय यता सम्पदा संरक्षण गर्न नसक्दा नेपालले आफ्नो प्रतिष्ठा र विश्वास गुमाइरहेको कतिपय सर्वसाधारण तथा समाजका बुद्धिजिवीहरुले बताएका छन् ।