कञ्चनपुरको महेन्द्रनगरमा रहेको भृकुटी माध्यमिक विद्यालयका एक जना शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । आइतबार स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको हो ।
विद्यालयका निमित्त प्रधानाध्यापक विरेन्द्र प्रसाद भट्टले विद्यालयका अन्य शिक्षक र सम्र्पकमा आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नु भएको छ । विद्यालय बन्द गरिएको बारे सुचना जारी गर्दै विद्यालयले संक्रमण बढ्न सक्ने भएकाले अर्को सूचना नआएसम्म विद्यालय बन्द गरिएको जनाएको छ । विद्यालयका अन्य १६ जना शिक्षकहरुको एन्टिजेन परीक्षण गराउँदा सबैको नेगेटिभ आएको छ भने संक्रमित शिक्षकका श्रीमतीलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ ।
Comments are closed.