मुक्त कमलरी विकास मञ्च कैलालीले कैलालीको जोशीपुर गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । कमलरीहरूको समस्या समाधान र सम्बोधन गर्नुपर्ने माग सहित मुक्त कमलरी विकास मञ्च नगर समितिले जोशीपुर गाउँपालिकालाई १० बुदे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउनु अघि उहाहरूले गाउँपालिका घेराउ गर्दै नाराबाजी गरेका थिए ।
मुक्त कमलरीहरूको चाहाना शिक्षा, सीप, रोजगार, जमिन सहितको पुनर्स्थापना, प्राविधिक शिक्षाको व्यवस्था गर, लोकसेवा तयारी कक्षाको व्यवस्था गर, बेपत्ता कमलरीको खोजि गर, हत्या गरिएका कमलरीलाई न्याय दे, ३६ महिने तालिमको व्यवस्था गर’ लगायतका नारा लगाइएका थिए । ज्ञापनपत्र बुझ्दै जोशीपुर गाउँपालिका गाउँ सभा सदस्य तथा वडा नम्बर १ का अध्यक्ष विद्याराम चौधरीले आउने गाउँ सभामा कमलरीहरूको समस्या अध्यन गरेर उहाहरूलाई राज्यबाट पाउने शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता सेवा सुविधा दिलाउने प्रतिबद्धता जनाउनु भयो ।
साथै कमलरीहरूलाई स्वावलम्बी बनाउन तालिमको लागि बजेट छुट्याउने समेत उहाले बताउनु भयो । मुक्तकमैया, मुक्तहलिया, सुकुम्बासी लगायतकाको पुनर्स्थापना भइरहँदा कमलरीहरूसँग भएको सहमतीअनुसार पुनस्थापना हुन नसकेको जनाइएको छ ।
Comments are closed.