कैलालीका विद्यालय १० दिन बन्द हुने

 कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी १० दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।

 सो अवधिमा विद्यार्थीले परीक्षाको तयारी गर्न सक्नेसमेत जनाएको छ। कोरोनाको अवस्थालाई हेरेर आगामी १० दिनपछि सबै विद्यार्थीहरुको परीक्षा गर्न सकिनेसमेत निर्णय गरेको हो ।

सम्बन्धित

Comments are closed.