कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा रहेको आइशोलेसनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । भारतबाट फर्किने सुदुरपश्चिमेलीहरुको संख्या बढेसंगै कोरोना संक्रमितको संख्या सुदुरपश्चिम प्रदेशमा पनि बढि रहेको बेला महाकाली अस्पतालमा रहेको आइशोलेसनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।
यसअघि आइशोलेसनमा कोरोना संक्रमितको उपचार तथा खानपानमा प्रभावकारी व्यवस्थापन नभएको गुनाशो आएको भएपनि पछिल्लो समय भने कोरोना संक्रमितको उपचार तथा खानपानको व्यवस्थापन प्रभावकारी रुपमा भइ रहेको महाकाली अस्पताल प्रशासनले जनाएको छ । यसैविच हामीले कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालका सुचना अधिकारी नारदप्रसाद भट्टसंग कुराकानी गरी सुरुमा सोधेका थियौ, महाकाली अस्पतालमा रहेको आइशोलेसनमा अहिले कति जनाको उपचार भइ रहेको छ र उहाहरुको अवस्था कस्तो छ