देशभर पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै

आज र भोली सरकारले पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको छ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज खान छुटेकालाई भोली पनि खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरिएको छ ।

कोरोना जोखिम झन बढेकाले औषधि खुवाउने ठाउँमा जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न मन्त्रालयको आग्रह छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम मार्फत् सरकारले हरेक वर्ष भिटामिन र र जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयका अधिकारीहरु बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.