कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्र भित्र रहेका विद्यालयहरु ९ दिनका लागि बन्द गरिने भएका छन् । नगरपालिकाकी कार्यबाहक नगरप्रमुख सुशिला चन्द सिंहको अध्यक्षमा सोमबार बसेको सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुखहरुको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । निर्णय अनुसार नगर क्षेत्रका विद्यालयमा वैशाख ७ गतेदेखि १५ गतेसम्म पठनपाठन स्थगन गरिने भएको छ ।
सो बैठकले बढ्दो गर्मी तथा कोभिड १९ को संक्रमण समेतलाई मध्यनजर गरि नगरक्षेत्रभित्र सञ्चालन हुने विद्यालय पठन पाठन, मन्टेश्वरी, ट्युसन तथा कोचिङ सेन्टर, विभिन्न आयोग तयारी कक्षा स्थगन गर्ने निर्णय गरेको जनाइएको हो । तर पूर्वनिर्धारित परीक्षाहरु स्वास्थ्यका मापदण्ड पुरा गरेर सञ्चालन गर्न सकिने बताइएको छ ।
Comments are closed.