धनगढीमा बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गरिने

 कैलालीको धनगढी उप–महानगरपालिकाले यही बैशाख ५ गते जिल्ला संकट ब्यबस्थापन केन्द्र कैलालीको बैठकले गरेको अनुरोध अनुसार बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम बढेकाले जिल्ला संकट ब्यबस्थापन केन्द्र कैलालीको बैठकले स्थानीयतहलाई अनुरोध गरेको थियो ।

 सोमबार सामुदायीक, निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ संगठनका प्रतिनिधीहरु, प्याब्सन, एनब्याब्सनका प्रतिनिधीहरु र अन्य सरोकारवालाहरुसंग सुझाव संकलन गरेपछि बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यालयका सम्वन्धमा नेपाल सरकार बाट थप निर्णय भै आएमा सोही अनुसार हुने समेत निर्णय गरिएको छ ।

 प्रत्यक्ष पठनपाठन विद्यालयमा बन्द भएपनि सम्भव भए सम्म अनलाईन कक्षा संचालन गर्ने बारेमा विद्यालयलाई जानकारी गराउने तथा बार्षिक परीक्षा संचालनका लागि आवश्यक गृहकार्य गर्न विद्यालयलाई जानकारी गराउने निर्णय पनि कैलालीको धनगढी उप–महानगरपालिकाले गरेको छ । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले सबै पक्षहरुसंग सुझाव लिएपछि धनगढी उप–महानगरपालिकाका १९ वटै वडाका वडा अध्यक्ष र शिक्षा शाखा प्रमुखको छलफल पछि निर्णयमा पुगेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.