नियन्त्रणमा लिइएका सवारीका साधनहरुको प्रभावकारी व्यवस्थापन भएन्

 कञ्चनपुरमा प्रहरीले नियन्त्रणमा लिएका सवारीका साधनहरुको प्रभावकारी व्यवस्थापन नभएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर तथा वडा प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएका मोटरसाइकल तथा जिपहरुको प्रभावकारी व्यवस्थापन नभएको पाइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले १९ वटा मोटरसाइकल र २ वटा जीपहरु नियन्त्रणमा लिएकोमा ती गाडी तथा मोटरसाइकलहरुलाई भन्सारमा बुझाउन भने बाकी नै रहेको पाइएको छ । जीपहरु २० वर्ष नाघेका, मोटरसाइकलहरु केही भारतीय भने केही बेवारिसे मोटरसाइकलहरु नियन्त्रणमा लिइएको छ ।

 त्यसमध्ये बेवारिसे अवस्थामा नियन्त्रणमा लिइएका मोटरसाइकलहरु मात्रै भन्सार कार्यालयमा बुझाउन पाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यसैगरी वडा प्रहरी कार्यालय महेन्द्रनगरमा पनि करीब २२ वटा जति मोटरसाइकल नियन्त्रणमा रहेका भएपनि ती मोटरसाइकलहरु पनि भन्सारमा बुझाउन बाकी रहेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । नियन्त्रणमा मोटरसाइकलहरुमध्ये केही मोटरसाइकलहरु भने भारतीय रहेका छन् ।

 यसरी केही सवारी दुर्घटनाका मुद्धामा नियन्त्रणमा लिइएका, केही बेवारिसे तथा केही समय नाघेका सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिइसकेपछि सम्बन्धित निकायमा समयमै बुझाई तथा तिनको आवश्यक व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

 प्रहरीले नियन्त्रणमा लिइएका सवारी साधनहरु समयमै व्यवस्थापन गरी लिलामी गर्नुपर्ने सवारी साधनहरुलाई बिक्री गरेमा सरकारको आम्दानी हुने भएकाले त्यसमा सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बुद्धिजीवीहरुले बताएका छन् । सवारी साधनहरु नियन्त्रणमा लिइसकेपश्चात लामो समयसम्म तिनको व्यस्थापन नहुदा ती सवारी साधनहरु बिग्रिदै जाने र अन्तमा सरकारलाई नोक्सानी हुन भएकाले यसमा सरोकारवालाहरुले ध्यान जानुपर्नेमा उहाहरुले जोड दिएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.