जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा आंशिक रुपमा निषेधाज्ञा जारी

 कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न क्षेत्रमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको छ भने अरु स्थानीय तहलाई संक्रमणको अवस्था ख्याल गरि आवश्यक व्यवस्था गर्ने जनाएको छ । यस्तै सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थक्लव, जिमखाना, स्वीमिङ फुल, हाटबजार, फुटसल बन्द गर्न आदेश दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनु भयो । उहाका अनुसार सभा, सम्मेलन र जुलुस गर्न बैशाख मसान्तसम्म रोक लगाइएको छ । मठ, मन्दीर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पूरा गरी नित्य पूजा, ध्यान र प्राथना मात्रै गर्न पाइने भएको छ ।

 यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तिय सस्था, सहकारी लगायतका संघसस्था विद्युतीय माध्यमबाट सञ्चाल गर्ने र सम्भव नभए जनस्वास्थ्यको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिइएको छ । होटल तथा रेष्टुरन्ट बिहान ८ देखि साँझ ८ बजेसम्म मात्रै खोल्न पाइने छ । बैंक तथा वित्तीय संस्थामा सेवा तथा कार्यका लागि विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने बैठकको निर्णय रहेको छ । स्थानीय तहले होम क्वारेन्टिन र होम आइसोलेसनमा बसेका व्यक्तिको स्वास्थ्य निगरानी तथा अनुगमन गरी थप जाँचका लागि आवश्यक पर्ने देखिएमा प्रयोगशाला वा अस्पतालसँग समन्वय गरी सहजीकरण गर्नुपर्ने छ । कोभिड–१९ को चिह्न तथा लक्षण भएका व्यक्तिको एन्टिजेन परीक्षण गर्ने र नतिजा पोजेटिभ आएका व्यक्तिको पिसिआर परीक्षणको व्यवस्था गर्नुपर्ने छ । जारी प्रावधानको अवज्ञा गर्ने वा कार्यान्वयनमा बाधा पु¥याउने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही र सजाय हुने कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनु भयो ।

 यसैगरी कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कैलालीमा स्थानीय प्रशासनले आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न क्षेत्रमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण शैक्षिक बन्द हुनेछन् भने अन्य स्थानीय तहलाई पनि १० दिनसम्म शैक्षिक संस्था बन्द गर्न आग्रह गरिएको छ ।

 सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थक्लव, जिमखाना, स्वीमिङ फुल, हाटबजार बन्द गर्न आदेश दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताउनु भयो । उहाका अनुसार सभा, सम्मेलन र जुलुस गर्न बैशाख मसान्तसम्म रोक लगाइएको छ । मठ, मन्दीर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पूरा गरी नित्य पूजा, ध्यान र प्राथना मात्रै गर्न पाइने भएको छ । यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तिय सस्था, सहकारी लगायतका संघसस्था विद्युतीय माध्यमबाट सञ्चाल गर्ने र सम्भव नभए जनस्वास्थ्यको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिइएको छ । आदेशको अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारवाही हुने आदेशमा भनिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.