कञ्चनपुर जिल्लामा मिनिबस दुर्घटना हुँदा ४ जना घाइते

कञ्चनपुर जिल्लामा मिनिबस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। जिल्लाको  बेलौरीबाट महेन्द्रनगर का लागि छुटेको  से १ ख ६५४ नम्बरको मिनिबस चम्पापुर भन्ने स्थानमा शनिबार दुर्घटना हुँदा ४ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बलमे जानकारी दिए। करिब १५ जना यात्रु सवार बस अर्को गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको जनाइएको छ।

 

सम्बन्धित

Comments are closed.