किसानहरुलाई खुला प्रदर्शन बोर्ड हस्तान्तरण

किसानहरुलाई खुला प्रदर्शन बोर्ड हस्तान्तरण

 कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ मा २० जना किसानहरुलाई खुला प्रदर्शन बोर्ड हस्तान्तरण गरिएको छ । वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेको मुख्यमन्त्री नमुना गाउ तरकारी खेती समन्वय समितिले खुला प्रर्दशन बोर्ड किसानहरुलाई हस्तान्तरण गरेको हो । मुख्यमन्त्री नमुना गाउ तरकारी खेती कार्यक्रममा छनौट भएका २० जना किसानहरुले लगाएको तरकारी खेतीको अवलोकन गरे पश्चात शनिवार बोर्ड हस्तान्तरण गरिएको हो ।

  तरकारी खेतीको अवलोकन गर्नका लागि मुख्यमन्त्री नमुना गाउ तरकारी खेती समन्वय समितिका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । वेदकोट नगरपालिकाको वडा नम्बर ७ मा विभिन्न ब्लकहरु बनाएर तरकारी खेती भइ रहेको जनाइएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ का मुख्यमन्त्री नमुना गाउ तरकारी खेतीका लागि छनौट भइ तरकारी खेती गरी रहेका किसानहरुले कार्यक्रम एकदमै राम्रो भएको बताउदै बजारको व्यवस्था भइदिए अझै फाइदा हुने बताउनु भयो । वेदकोट नगरपालिका वडा नम्बर ७ का किसान धनेश्वरी भट्टले आफुले पर्याप्त टमाटर उत्पादन गरेको भएपनि बजारको भने चिन्ता भइ रहेको बताउनु भयो । मुख्यमन्त्री नमुना गाउ तरकारी खेती कार्यक्रमको सहयोगी संस्था कृषि ज्ञान केन्द्र कञ्चनपुर रहेको छ ।

सम्बन्धित

Comments are closed.