परीक्षा रोक्न माग गर्दै विद्यार्थी संगठन आन्दोलनमा

 सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा सञ्चालन हुन गइ रहेको परीक्षा रोक्न माग गर्दै विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन् । कोरोना महामारी संक्रमणमा विश्वविद्यालयले जबरजस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी संगठनले केन्द्रीय कार्यालय सहितमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय सहित परीक्षा नियन्त्रकको कार्यालय र सबै विभागका कार्यकक्षमा तालाबन्दी गरिएको छ । विश्वविद्यालयका पदाधिकारीसित पटक पटक गरिएका छलफल सार्थक नभएपछि आन्दोलनमा उत्रिएको विद्यार्थी नेताहरुले बताएका छन् ।

 अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष रोहित गजुरेल, नेपाल विद्यार्थी संघका बिक्रम बुढा, अखिल (क्रान्तिकारी) का गणेश राज मिश्र, अखिल (क्रान्तिकारी) का अध्यक्ष नागेन्द्र जोशी, अखिल छैठौका दिपेन्द्र कार्की र वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका अध्यक्ष शंकर बोहराले शनिबार विज्ञप्ति प्रकाशित गरी विश्वविद्यालयले तत्काललाई कोरोना महामारीमा परीक्षा सञ्चालन कार्य रोक्न माग गरेका छन् । विश्वविद्यालयले बैशाख १६ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ । विद्यार्थीले कोरोना महामारीमा परीक्षा सञ्चालन गर्न स्वास्थ्य जोखिम हुने भन्दै रोक्न माग गरेका हुन् ।

सम्बन्धित

Comments are closed.