दलित तथा अन्य सीमान्तकृत महिलाहरुलाई न्याय तथा विभिन्न क्षेत्रमा अवशर प्रदान गर्नका लागि सरोकारवाला सबैको साथ आवश्यक हुने कञ्चनपुरको महेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दलित महिला संघ (फेडो) कञ्चनपुरले आयोजना गरेको दलित महिला तथा अन्य सीमान्तकृत महिलाहरुको मानव अधिकार तथा समाजिक न्याय प्रवद्र्धनका लागि मिडियाकर्मीको भुमिका विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।
दलित महिला संघ (फेडो) कञ्चनपुरका अध्यक्ष लक्ष्मी विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले दलित तथा सीमान्तकृत महिलाहरुका लागि तीन तहका सरकार तथा सरोकारवालाहरुले प्रभावकारी काम गर्न नसकेका बताउदै अब मिडियाकर्मी, नागरीक समाज र दलित तथा अन्य सीमान्तकृत महिलाहरुका लागि वकालत गर्ने संघसंस्थाहरुले पहल गर्नुपर्नेमा जोड दिएका हुन् । उहाहरुले स्थानीय तहदेखि लिएर संघीय सरकारसम्म कसैले पनि दलित तथा अन्य सीमान्तकृत महिलाहरुका लागि भनेर बजेट नछुट्याउने तथा पर्याप्त अवशरहरु प्रदान नगरी रहेका हुदा मिडियाकर्मीहरुले त्यसमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।
जनप्रतिनिधी, पत्रकार, दलित महिला संघ कञ्चनपुरका पदाधिकारीहरु सहभागी कार्यक्रममा जनप्रतिनिधिहरुले समेत दलित तथा अन्य सीमान्तकृत महिलाहरुका लागि आफुहरुले गरेको प्रयास माथिल्ला निकाय तथा तहहरुले विफल पारीदिने गरेका गुनासो गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ का दलित महिला सदस्य माया सार्कीले आफुहरुले वडा तहबाट योजना छनौट गर्दा प्राथमिकताका साथ दलित तथा अन्य सीमान्तकृत महिलाहरुका लागि कार्यक्रम तथा बजेटको माग गर्ने गरेका भएपनि त्यसमा नगरपालिकाबाट बजेट विनियोजन नहुने गरेको गुनासो गर्नु भयो ।
नेपालमा दलित महिलाको मानव अधिकार प्रवद्र्धन परियोजना अन्र्तगत सञ्चालित उक्त छलफल तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै कञ्चनपुरका विभिन्न मिडियाहरुमा आवद्ध पत्रकारहरुले आफुहरुले दलित तथा अन्य सीमान्तकृत महिलाहरुका मुद्धाहरु समाचार तथा अन्य कार्यक्रम मार्फत आगामी दिनमा सशक्त रुपमा उठाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।