शैक्षिक संस्थाहरुमा ७ दिनका लागी भौतिक उपस्थीतीमा कक्षा संचालन गर्न नपाइने

 कञ्चनपुरको शुक्लाफाटा नगरपालिका क्षेत्र भित्र रहेका शैक्षिक संस्थाहरुमा ७ दिनका लागी भौतिक उपस्थीतीमा कक्षा संचालन गर्न नपाइने भएको छ । आज आइतबार बसेको शुक्लाफाटा नगरपालिका स्तरीय कोभिड १९ समन्वय समितिको बैठकले यही बैशाख १३ गतेदेखी ७ दिन सम्मका लागी नगरपालिका भित्रका शैक्षिक संस्थाहरु भौतिक उपस्थीतीमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । नगरको कोभिड १९ समन्वय समितिको बैठकले शुक्लाफाटा नगरपालिका भित्र रहेका सबै मन्टेश्वरी, टयुसन सेन्टर, सामुदायिक तथा संस्थागत विद्यालयहरुमा नियमित रुपमा हुने पठनपाठनका साथै अभिभावक भेला, लगायतका भिडभाड हुने क्रियाकलाप स्थगन गर्ने निर्णय गरेको जनाइएको छ

कोभिड १९ को संक्रमण पुन ः समुदाय स्तरमा बढ्दो अवस्थामा रहेको र त्यसबाट बिशेषत ः विद्यालय जाने उमेर समुहका बालबालिकाहरुमा कोरोना संक्रमण फैलन सक्ने स्थिति रहेकाले शैक्षिक संस्थाहरुमा भौतिक उपस्थीतीमा कक्षा सञ्चालन गर्न नपाइने निर्णय गरिएको शुक्लाफाँटा नगरपालिकाले जनाएको छ । साथै भौतिक उपस्थीतीमा कक्षा सञ्चालन गर्न नपाइने भएपनि कुनै शैक्षिक संस्थाहरुले अनलाइन तथा वैकल्पिक माध्यमबाट पठनपाठन गराउन चाहेमा गराउन सक्ने शुक्लाफाटा नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकेन्द्र भट्टले शुक्लाफाटा एफ्. एमलाई जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.