न्यायीक समितिले छातीमा रात राखेर न्याय दिनुपर्छ ः उप–प्रमुख भट्ट

 कैलालीको धनगढी उप–महानगरपालिकाका नगर उप–प्रमुख तथा न्यायीक समितिकी संयोजक सुशीला मिश्र भट्टले न्यायीक समितिले छातिमा हात राखेर न्याय दिन सक्नुपर्ने बताउनु भएको छ । आईतबार धनगढी उप–महानगरपालिकाको न्यायीक समितिले आयोजना गरेको न्यायीक समितिको काम, कर्तब्य र अधिकार क्षेत्र, म्याद तामेल तथा कानुनी प्रकृया सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले यस्तो धारणा राख्नु भएको हो ।

 धनगढी उप–महानगरपालिकाको न्यायीक समितिले न्याय पाउनुपर्ने ब्यक्तिले न्याय महशुस गर्ने गरि काम गरिरहेको दाबी गर्दै नगर उप–प्रमुख एवम् न्यायिक समिति संयोजक भट्टले न्याय देखिने कुरा पनि रहेको बताउनु भयो  । न्यायीक समितिले प्रभावकारी न्याय निरुपणका लागि सरोकारवालहरुसंग अन्तरक्रिया गरेको उप–प्रमुख भट्टले बताउनु भयो ।

 सबैको रचनात्मक सहयोग भएमा न्यायीक समितिले गर्ने काम अझै प्रभावकारी हुदै जाने बताउदै उप–प्रमुख भट्टले अन्तरक्रिया कार्यक्रमले धेरै पुरा स्पष्ट पारेको बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालत कैलालीमा कार्यरत शाखा अधिकृत अनिरुद्र साउदले सहजिकरण गर्नु भएको थियो । उहाले धनगढी उप–महानगरपालिकाले न्याय सम्पादनमा उत्कृष्ठ काम गरेको बताउनु भयो । अन्तरक्रियामा कैलालीको धनगढी उपमहानगरपालिकाका वडा अध्यक्षहरु, वडा सचिवहरु, न्यायीक समिति सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

Comments are closed.