कञ्चनपुरको महेन्द्रनगरमा समुदायमा आधारीत विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन सम्बन्धि ५ दिने तालिम आइतवार देखि सुरु भएको छ । निड्स नेपालको आयोजना केयर नेपालको मानवीय सहयोग तथा साझेदारी प्रवद्र्धन मञ्चको सहयोगमा विपद व्यवस्थापनमा महिलाहरुलाई सशक्त बनाउने र नियम कार्यान्वयन गर्नमा सबल बनाउने उद्येश्यका साथ तालिम सुरु भएको हो । आइतवार एक कार्यक्रमको आयोजना गरी तालिमको उद्धाघाटन गरिएको छ ।
निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीको संयोजकत्वमा सुरु भएको तालिमका प्रमुख अतिथि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता राना रहनु भएको थियो । कार्यक्रममा बोल्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका उपप्रमुख रानाले विपदलाई न्युनीकरणका लागि सबै समुदायका महिला लगायत स्थानीय नागरीकहरुले जोड दिन आवश्यक रहेको बताउनु भयो । महिला सहभागीहरु विपद् व्यवस्थापन सम्बन्धि सन्देशमुलक कार्यलाई अगाडि बढाउने र तालिमका कुराहरुलाई लागु गर्नु पर्ने बताउनु भयो ।
साथै उहाले विपद् व्यवस्थापनका लागि सबै सरोकारवालाहरुले आआफ्नो क्षेत्रमा भुमिका निभाउनु पर्ने बताउनु भयो । कृष्णपुर नगरपालिकाका जनप्रतिनिधी, सञ्चारकर्मी, विभिन्न समुहका प्रतिनिधी गरी २४ जना महिलाहरुको तालिममा सहभागिता रहेको छ । तालिमको पहिलो दिन विपद पुर्व तयारी, विपदका बेला र विपद पश्चात व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गरिएको छ । त्यसैगरी विपद् व्यवस्थापन सम्बन्धी नेपालको कानुनका विषयमा समेत जानकारी गराइएको थियो ।
Comments are closed.