कैलाली र कञ्चनपुरमा सोमबार मध्यरातदेखि रात्रिकालीन लकडाउन गर्ने निर्णय

 कैलाली र कञ्चनपुरमा सोमबार मध्यरातदेखि रात्रिकालीन लकडाउन गर्ने निर्णय गरिएकोे छ । कैलाली र कञ्चनपुर दुई वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको अन्तर जिल्ला बैठकले उक्त निर्णय गरेको हो । बैठकले रात्रिकालीन लकडाउन गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनु भयो । कैलाली कञ्चनपुर दुवै जिल्लाका हकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा प्रतिबन्द लगाउने निर्णय भएको बताउदै उक्त निर्णय सोमवारदेखि नै कार्यान्वयन हुने र यसलाई रात्रिकालीन लकडाउन भन्दा हुने कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनु भयो ।

 रातिको समयमा हिँड्डुलमा प्रतिबन्द लगाउने निर्णय कार्यान्वयन नभए दुई–तीन दिनभित्रै पूर्णरूपमा लकडाउन गर्ने निर्णय गरिनेसमेत अधिकारी रिजालले बताउनु भयो । यस्तै, बैठकले दुवै जिल्लामा मंगलवारदेखि सार्वजनिक सवारीसाधन जोरविजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था, सिनेमा हल, रंगशाला बन्द गर्ने र भारतमा सामान खरिदका लागि आवागमनसमेत बन्द गरिने भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.