बैशाख १७ गतेसम्मका लागि सेवाहरु बन्द

 कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कार्यालयबाट प्रदान गरिने सेवाहरु यही बैशाख १७ गतेसम्मका लागि बन्द हुने भएका छन् । कृष्णपुर नगरपालिकाको कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले कन्ट्याक्ट टे«सिङ गरि अन्य कर्मचारीहरुको समेत कोरोना परीक्षण गर्नुपर्ने र कार्यालय परिसर निर्मलीकरण गर्नुपर्ने भएकाले सेवा बन्द हुने भएको हो । सोमवार कृष्णपुर नगरपालिकाले एक सुचना जारी गर्दै सेवा बन्द हुने जानकारी गराएको हो । साथै वडा कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु स्थानीय स्तरमा जोखिमको अवस्था विश्लेषण गरी सम्बन्धित वडा समितिको निर्णयानुसार हुने समेत जनाइएको छ ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.