बैशाख मसान्तसम्मका लागि सेवाहरु बन्द

 कञ्चनपुरको वेदकोट नगरपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेका सेवाहरु यही बैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले कन्ट्याक्ट टे«सिङ गरि अन्य कर्मचारीहरुको समेत कोरोना परीक्षण गर्नुपर्ने र कार्यालय परिसर निर्मलीकरण गर्नुपर्ने भएकाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरिएको वेदकोट नगरपालिकाले सुचना जारी गरी जानकारी गराएको छ ।

 सोमवार बसेको सरोकारवालाहरुको बैठकले बैशाख १३ गते सोमवारदेखि यही बैशाख मसान्तसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको वेदकोटख नगरपालिकाले जनाएको छ । साथै कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्र भित्र कुनै पनि स्थानमा भिडभाड गर्न, मानिसकहरुको भेला र जुलुस गर्न नपाइने भएको छ ।

 वेदकोट नगरपालिकाले प्रदान गरिने अत्यावश्यक सेवाहरु ( स्वास्थ्य सेवा) बाहेकका सम्पुर्ण सेवाहरु बन्द हुने भएकाले स्वास्थ्य सम्बन्धि सेवा पालना गर्नुपर्ने निर्णय समेत बैठकले गरेको छ । यसैगरी कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्र भित्र सञ्चालित सम्पुर्ण शैक्षिक संस्था, ट्युसन÷कोचिङ सेन्टरमा भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गरी वैकल्पिक व्यवस्थाको प्रयोग गरी गर्ने गराउने निर्णय समेत गरिएको छ ।

सम्बन्धित

Comments are closed.