कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु

 कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु भएको छ । साक डिजिटल युनिर्भसिटीले भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु गरेको हो । मंगलबार एक कार्यक्रमका बीच भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले अभियानको औपचारिक उद्धघाटन गर्नु भएको हो ।सुदूरपश्चिमलाई आधुनिक सुचना प्रविधिसँग जोड्दै डिजिटल प्रणालीको विकास गर्न अभियान सुरु गरिएको साक डिजिटल युनिर्भसिटीका प्रमुख प्रशासकीय अधिकृत (सिईओ) गणेश जोशीले बताउनु भयो ।

 उहाका अनुसार अभियान अन्र्तगत साक डिजिटल युनिर्भसिटीले सुदूरपश्चिमका ९० जनालाई निशुल्क डिजिटल प्रणालीबारे प्रशिक्षण दिनेछ । त्यस्तै अभियान अन्र्तगत सुदूरपश्चिका स्थानीय तहहरुलाई गुगल म्यापीङ् गरिने भने स्थानीय प्रदेश सरकारसँगको सहकार्यमा ई–गभरर्नेस सेवालाई प्रवद्र्धन गरिने सिईओ जोशीको भनाई छ । सुदूरपश्चिममा विकासको रुपमा पछाडी परेको भनिएका भएपनि यसलाई प्रविधिको माध्यमबाट अगाडी बढाउन सकिने बताउदै उहाले सुचना प्रविधिको माध्यमबाट सुदूरपश्चिमलाई चिनाउने र यस क्षेत्रमा डिजिटल प्रणालीको विकास गर्ने आफुहरुको उद्देश्य रहेको बताउनु भयो ।

 साथै उहाले सो अभियानलाई विभिन्न सरकारी तथा गैर सरकारी सरोकोवाला निकायको सहयोग मिल्ने अपेक्षा समेत गर्नु भयो । नगर प्रमुख सरेन्द्र विष्टले वर्तमान सुचना प्रविधिको युगमा डिजिटल प्रणालीको विकास अत्याआवश्यक भएको बताउनु भयो । उहाले नगरपालिकाले सुचना प्रविधिको प्रयोगसहित भीमदत्तलाई स्मार्ट बनाउने योजना सुरु भईसकको बताउनु भयो । साथै भीमदत्त नगरपालिकाले सरोकारवा निकायसँगको सहकार्य र साझेदारीमा काम गर्ने नीति लिएको नगर प्रमुख बिष्टले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.