कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन सम्बन्धी तालिम मंगलवार सम्पन्न

 कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन सम्बन्धी तालिम मंगलवार सम्पन्न भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपलिकाको समन्वयमा केयर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित मानवीय सहयोग साझेदारी प्रवद्र्धन मञ्च परियोजनाको सहयोगमा समुदायमा आधारीत विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन सम्बन्धी तालिम आज मंगलवार सम्पन्न भएको हो । मंगलवार एक कार्यक्रमको आयोजना गरी तालिमको समापन गरिएको छ ।

 निड्स नेपालका अध्यक्ष मञ्जु जोशी भट्टको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमाल रहनु भएको थियो । तालिममा डिपिनेट नेपालका महासचिव तथा मुख्य प्रशिक्षक डा.राजु थापाले प्रशिक्षण प्रदान गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालान निड्स नेपालका परियोजना संयोजक केशव कुमार मलासीले गर्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाहरुले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन गर्नमा मुख्य भुमिका खेल्ने र समुदायमा संवाहकको रुपमा सन्देश प्रवाह गर्ने कुरामा जोड दिएका थिए ।

 कार्यक्रममा बोल्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख एवम् सो कार्यक्रमका प्रमुख अतिथि कर्ण बहादुर हमालले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि समन्वकारी भुमिका निर्वाह गर्ने बताउदै उत्थानशील समाज निर्माण गर्न आफुले आफ्नो तर्फबाट भुमिका निर्वाह गर्नु बताउनु भयो । साथै उहाले विपद्मा पर्ने समस्यालाई न्युनीकरण गर्नका लागि सरोकारवालाहरुले सहकार्य गर्दै अघि बढ्नुपर्नेमा कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा बोल्दै निड्स नेपालका अध्यक्ष मञ्जु जोशी भट्टले १९९० पछि २०७२ सालमा आएको भुकम्पले ठुलो जनधनको क्षति बेहोर्नुपरेको हुदा अब भने यस्तो विपद् अर्थात जोखिम नआओस भन्नका लागि जनचेतना जगाउनुपर्ने, दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनु भयो ।

 विपद् व्यवस्थापनका लागि महिलाहरु च्याप्नियन ( बिजेता) बन्नु पर्ने उहाले बताउनु भयो । तालिममा उपस्थित मानव अधिकारकर्मी, विभिन्न संघ संस्था, जिल्ला प्रशासन कार्यालय, विभिन्न समितिबाट सहभागी महिला सहभागीहरुले तीन दिने तालिममा सिकेका ज्ञान सीपहरुलाई आआफ्नो समुदायमा विपद् न्युनीकरण र व्यवस्थापनमा लाग्ने प्रतिवद्धता जनाएका छन् । तालिममा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका जनप्रतिनिधी, सञ्चारकर्मी, विभिन्न समुहका प्रतिनिधी गरी २४ जना महिलाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.