नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका नव निर्वाचित पदाधिकारीहरुलाई पदभार ग्रहणका साथै सपथ ग्रहण गराइएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरि कञ्चनपुरको महेन्द्रनगरमा रहेको नेपाल पत्रकार महासंघ कञ्चनपुर जिल्ला शाखाको भवनको दोस्रो तलाको उद्धघाटनका साथसाथै नव निर्वाचित पदाधिकारीहरुलाई पदभार ग्रहणका साथै सपथ ग्रहण गराइएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका निवर्तमान पदाधिकारी, नव निर्वाचित पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख बिष्टले व्यक्ति भन्दा संस्था सदैव माथि हुने बताउदै पत्रकारिता क्षेत्रमा पनि व्यावसायिकता ल्याउनु पर्ने बताउनु भयो । साथै उहाले भौतिक पुर्वाधारको विकासले मात्रै पुर्ण विकास नहुने भएकाले व्यक्तिको क्षमताको समेत विकास हुन आवश्यक रहेको बताउनु भयो । कञ्चनपुरको भीमदत्त नगरपालिकाले २५ वर्षे रणनीतिक योजना बनाएको सन्दर्भ उल्लेख गर्दै नगर प्रमुख बिष्टले त्यो पनि व्यक्तिगत नभएर संस्थागत पहल भएको बताउनु भयो ।
भौतिक पुर्वाधारको विकास तथा पत्रकारहरुको क्षमता विकासका लागि भीमदत्त नगरपालिका सदैव प्रतिवद्ध रहेको समेत नगर प्रमुख बिष्टले बताउनु भयो । फरक सन्र्दभमा बोल्दै उहाले भीमदत्त नगरपालिकामा सञ्चालन हुने भनिएको सरसफाई योजना समयमै सम्पन्न गर्न नसकिएमा बाहिर जाने सम्भावना रहेको बताउदै यस विषयमा समेत पत्रकारहरुले कलम चलाउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले प्रेस स्वतन्त्रता लगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।