कैलालीको गोदावरी नगरपालिका कार्यालय एक हप्ताका लागी बन्द हुने भएको छ । नगरपालिकामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गोदावरी नगरपालिकाको कार्यालय यही बैशाख १६ गतेदेखि २२ गते सम्म बन्द गरिने भएको हो ।
कोरोना महामारी बढीरहेका बेला नगरपालिकामा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण देखिएकाले २२ गतेसम्मका लागी नगरपालिका कार्यालय बन्द गरिने कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबराज जोशीले जानकारी दिनु भयो । कार्यालयमा कार्यरत अन्य कर्मचारीको पनि कोरोना परिक्षण गरिने हुदाँ नगरपालिकाको सेवा बन्द गर्नुपरेको उहाले बताउनु भयो ।