सुदूरपश्चिम प्रदेशमा थप २२७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि

सुदूरपश्चिम प्रदेशमा थप २२७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३ सय ७० जनाको स्वावको नमूना परीक्षण गर्दा २२७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो । जसमध्ये कैलालीका २०२ जना रहेका छन् । उहाहरुको ठेगाना भने खुलाइएको छैन । हाल सेती प्रादेशिक अस्पतालमा ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । जसमध्ये ३ जना भेन्टिलेटरमा, ८ जना आइसियूमा, २३ जना अक्सिजन सपोर्टमा उपचाररत छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.