बैतडीमा ११ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । संक्रमित तथा शंकास्पद बिरामीलाई आइसोलेटेड वार्डसम्म पु¥याउन तथा गम्भीर बिरामीलाई बाहिर रेफर गर्न बैतडीमा ११ एम्बुलेन्सको जोहो गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनु भयो । बैतडीको दशरथचन्द नगरपालिकाका २, पाटन नगरपालिका, मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपािलकाका १÷१ एम्बुलेन्स तयारी अवस्थामा छन् ।
सुर्नया गाउँपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकासँग भने एम्बुलेन्स छैन । पुर्चौडीको एम्बुलेन्स गत वर्ष दुर्घटनामा परेपछि हालसम्म मर्मत गरिएको छैन । कोरोना सङ्क्रमित वा आशंका गरिएका बिरामी बोक्न आवश्यक उपकरणसहित एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताउनु भयो । उहाले बिरामी भएको खबर पाउने बित्तिकै तत्कालै उद्धार गरेर अस्पताल लगिने व्यवस्था गरिएको बताउनु भयो । सबै एम्बुलेन्सका चालकलाई आवश्यक सुरक्षा सामग्रीसमेत प्रदान गरिएको जनाइएको छ ।
चालकलाई सुरक्षित गर्न पञ्जा र मास्कलगायत सामग्री प्रदान गरिएको छ । एम्बुलेन्स चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर कोरोना संक्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएका जनाइएको छ । त्यस्तै एम्बुलेन्स चालकलाई सुरक्षित सामग्री लगाउने तरिका र कोरोना बिरामीलाई ह्यान्डलिङ गर्ने तरिकाबारे तालिम समेत प्रदान गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।