कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेका किसानहरुलाई अनुदानमा बोरिङ प्रदान गरिएको छ । वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेको मुख्यमन्त्री नमुना गाउ तरकारी खेती समन्वय समितिले किसानहरुलाई बोरिङ हस्तान्तरण गरेको हो । मुख्यमन्त्री नमुना गाउ तरकारी खेती कार्यक्रममा छनौट भएका किसानहरुमध्ये ब्लक नम्बर १ का किसानहरुलाई २ वटा बोरिङ अनुदानमा प्रदान गरिएको हो ।
वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेको मुख्यमन्त्री नमुना गाउ तरकारी खेती समन्वय समितिका अध्यक्ष गोपाल नाथको समेत उपस्थिति रहेको कार्यक्रममा किसानहरुलाई बोरिङ हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री नमुना गाउ तरकारी खेतीका लागि छनौट भएका वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेका किसानहरुलाई सिचाईका लागि सहज होस् भनेर बोरिङ हस्तान्तरण गरिएको वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेको मुख्यमन्त्री नमुना गाउ तरकारी खेती समन्वय समितिले जनाएको छ ।