सुदूरपश्चिम प्रदेशमा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ७८ जनाको स्वावको नमूना परीक्षण गर्दा १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
संक्रमित मध्यै कैलालीको धनगढीका मात्रै १०९ जना रहेका छन् । यस्तै धनगढी बाहेक कैलालीका १४ जना र अन्य जिल्लाका ११ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । हाल सेती प्रादेशिक अस्पतालमा ५७ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाइएको छ ।