कैलालीमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा बर्दगोरीया गाउँपालिका वडा नम्बर ५ कि ४२ बर्षिया महिलाको संक्रमणबाट ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनु भयो ।
योसंगै शुक्रवार कैलालीका ३ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ । यस अघि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ का ६३ वर्षीय पुरुष र लम्कीचुहाका ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो ।
Comments are closed.