सुदूरपश्चिम प्रदेशका आठ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा

 सुदूरपश्चिम प्रदेशका आठ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा भएका छन् । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सुदुरपश्चिम प्रदेशका आठ जिल्लालाई सो घोषणा गरिए हो । सुदुरपश्चिम प्रदेशको कैलालीबाहेकका अन्य आठ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिनु भयो । बैतडी, दार्चुला, बझाङ, डोटी, डडेल्धुरा, बाजुरा, अछाम र कञ्चनपुर पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् ।

 कैलालीलाई पनि छिट्टै पूर्ण खोप सुनिश्चितता घोषणा गरिने बताउदै सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर अवस्थीले कैलालीलाई पनि पूर्ण खोप सुनिश्चितता घोषणाको तयारीमा रहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण सो कार्य प्रभावित भएको बताउनु भयो । नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका तेस्रो संशोधन २०७७ अनुसार जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने गरिएका छन् ।

 बालबालिकालाई १२ थरिका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेपछि सुदुरपश्चिम प्रदेशका आठ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाउने र छुटेका अन्य १६ देखि २३ महिना उमेर समूहका खोज्दै जिल्लाको समय तालिकाअनुसार खोपको मात्रा पु¥याइसकेपछि मात्र जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने गरिन्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.