कञ्चनपुरमा तरकारी, फलफुल तथा खाद्य सामाग्रीका पसल व्यवसाय साताका दिन तीन मात्रै सञ्चालन हुने भएका छन् । शनिवार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोद्धारा कञ्चनपुरमा तरकारी, फलफुल तथा खाद्य सामाग्रीका पसल व्यवसाय हरेक आइतवार, मंगलवार र बिहीवार मात्र बिहान ६ बजेदेखि ९ बजेसम्म जनस्वास्थ्य सुरक्षाका मापदण्डको पुर्ण रुपमा पालना गर्ने गरी सञ्चालन गर्न आदेश जारी गरिएको हो ।
औषधी तथा स्वास्थ्य सामाग्री, दुध डेरी एवं पेट्रोलियम पदार्थ जीता अत्यावश्यक पसल÷ व्यवसाय खुला रहने र अन्य पसल÷व्यवसाय पुर्ण रुपमा बन्द हुने आदेशमा भनिएको छ । अन्य व्यवस्थाको हकमा प्रमुख जिल्ला अधिकारीबाट यही बैशाख १४ गते जारी भएको आदेशमा उल्लेख भए बमोजिम हुने जनाइएको छ । आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुने समेत जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
Comments are closed.