पछिल्लो २४ घण्टामा थप पाँच हजार सात सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप पाँच हजार सात सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार नौ सय ६९ पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ र पाँच सय ६६ एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये झण्डै ४० प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । काठमाण्डौ उपत्यकामा मात्रै २४ सय ९५ जना सङ्क्रमित थपिएका छन् ।

 काठमाण्डौमा १९ सय ३२ जना, ललितपुरमा तीन सय ५५ र भक्तपुरमा दुई सय ८ जनामा कोरोना पुष्टि भएको छ । आज थपिएकासँगै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या तीन लाख २८ हजार आठ सय ९३ पुगेको छ । यस्तै १२ सय ८७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ८२ हजार तीन सय ८२ पुगेको छ । यस्तै कोरोनाका कारण थप १९ जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ सय ९८ पुगेको छ । अहिले ४३ हजार दुई सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सम्बन्धित

Comments are closed.