सहयोग पाइएन् : कोरोनाबाट ज्यान गुमाएका शिक्षकका आफन्तको गुनासो
कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका कञ्चनपुरको दोधारा चादनी नगरपालिका घर भई हाल भीमदत्त नगरपालिका बस्दै आउनु भएका शिक्षक लोकराज भट्टका आफन्तजनले सहयोग नपाएको गुनासो गरेका छन् । आफुहरुले घरमा निर्मलीकरण अर्थात स्प्रे गरीदिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, स्वास्थ्य कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकासंग अनुरोध गरेका भएपनि अझै त्यसको सुनुवाई नगरिएको कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका शिक्षक भट्टका बहिनी ज्वाई प्रजापति भट्टले गुनासो गर्नु भयो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई भन्दा स्वास्थ्य कार्यालय कञ्चनपुरलाई भन्न भनेको र त्यहा भन्दा समेत सहयोग नपाएको उहाले गुनासो गर्नु भयो । साथै भीमदत्त नगरपालिकासंग पनि सहयोगको माग गरेको भएपनि सहयोग नपाएको उहाको गुनासो छ ।
Comments are closed.