कञ्चनपुरको वेदकोट नगरपालिकाले महाकाली अस्पताललाई १० लाख रुपैया आर्थिक सहयोग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा समाग्री खरिदका लागि वेदकोट नगरपालिकाले आर्थिक सहयोग गरेको हो । वेदकोट नगरपालिकाले यस अघि कार्यपालिका बैठकबाट चालु आर्थिक बर्ष ०७७÷०७८ मा अस्पतालमा अत्यावश्यक स्वास्थ्य सुरक्षा समाग्री खरिदका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
आइतबार एक कार्यक्रमकाविच बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले महाकाली अस्पतालका निमित्त मेडिकल सुपरेटेण्डेन्ट डा. हरि कुमार श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई चेक हस्तान्तरण गर्नु भएको हो । उक्त रकम हस्तान्तरण गर्दै कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट उक्त सहयोग गरिएको बताउनु भयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोेशीले यसरी नै पालिकाबाट भौतिक, आर्थिक एव नैतिक सहयोगको अपेक्षा गर्दै महाकाली अस्पतालममा कोरोना रोकथामका लागि प्रयास आवश्यक रहेको औल्याउनु भयो ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले समेत अक्सिजन खरिदका लागि २० लाख रुपैया दिने घोषणा गरेको छ । कोरोनाको चेन तोड्नका लागि पालिकाले महाकाली अस्पतालसंग सहकार्य गरिरहेका छन ।
Comments are closed.