कञ्चनपुरको बेलौरी नगरपालिकामा अत्यावश्यक स्वास्थ्य सेवाबाहेक सबै सेवा पूर्ण रूपमा बन्द गरेको छ । कोरोना भाइरसको संक्रमणबाट हुने जोखिम न्यूनीकरण गर्न नगरपालिका कार्यालय र वडा कार्यालयका सम्पूर्ण सेवाहरु बन्द गरिएको नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भयो । अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सबै सेवा सोमबारदेखि वैशाख २६ गते सम्मका लागि बन्द गरिएको उहाले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निशेषाज्ञा जारी गरे पनि नगरपालिकाले कार्यालय सञ्चालन गर्दै आएको थियो । कञ्चनपुरका अन्य स्थानीय तहले भने अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू वैशाख २२ गते सम्मका लागि पूर्णरूपमा बन्द गरेका छन् ।