सुदुरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणबाट थप ६ जनाको ज्यान गयो

 सुदुरपश्चिम प्रदेशमा थप ६ जनाको ज्यान गएको छ । कैलालीमा प्रत्येक दिन कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेको छ । सोमबार दिउसो सम्म ६ जना कोरोना संक्रमितको ज्यान गइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४३ वर्षीय पुरुष, वडा नम्बर ५ कि ६० बर्षिया महिलाको कोरोना संक्रमबाट ज्यान गएको छ ।

 त्यस्तै सोमबार नै कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर ७ का ६३ वर्षीय पुरुष, गोदावरी नगरपालिका वडा नम्बर १ का ३० वर्षीय पुरुषको ज्यान गएको हो । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० की ३५ बर्षिया महिला, लम्की चुहा नगरपालिका १ का ३८ वर्षीय पुरुषको पनि सङ्क्रमणबाट ज्यान गएको सूचना अधिकारी जोशीले जानकारी दिनु भयो । उहाका अनुसार ४ जना संक्रमितको सेती प्रादेशिक अस्पतालमा र २ जनाको निजी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.