कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्युनीकरणका लागि माथिल्लो निकायलाई सहयोग

 कञ्चनपुरका पालिकाहरुले कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्युनीकरणका लागि माथिल्लो निकायलाई सहयोग गरिरहेको बताएका छन् । भारतसंग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी सीमानाका बाट नगरपालिकामा भित्रीएकाहरुलाई निगरानी गरिरहेको कञ्चनपुरको बेलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चेत राज भट्टले बताउनुभएको छ । उहाले समुदायस्तरमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयमसेबिकाहरुलाई सक्रिय गराइएको र भारतबाट आएर होम आइसोलेशनमा बसिरहेका नगरबासीहरुको निगरानी गर्न बेलौरी नगरपालिकाद्धारा प्रत्येक वडा वडामा १र१ जना स्वास्थ्यकर्मी खटाइएको जानकारी दिनुभयो ।

 यस्तै बेलौरी नगरपालिका वडा नम्बर ९ कुण्डामा रहेको ५० शैयाको बेलौरी नगरपालिकाको अस्थायी कोभिड अस्पतालमा हाल ७ जना सक्रिय संक्रमित रहेका र अस्पतालका अन्य बेडहरु खाली रहेको स्वास्थ्य साखा प्रमुख भट्टले बताउनुभयो । यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिकाले कोरोना संक्रमितहरुको कनट्रयाक्ट टे्र्सिङमा परेका नगरबासीहरुको ऐन्टीजेन बिधिबाट कोरोना परिक्षण गरिरहेको बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले बताउनु भएको छ । उहाले हाल बेदकोट नगरपालिकामा कोरोनाका ५० जना सक्रिय संक्रमित रहेको जानकारी दिनु भयो । साथै उहाले कोरोना रोकथाम तथा न्युनीकरणमा बेदकोट नगरपालिका सक्रिय रुपमा लागि परेको बताउनुभयो ।

 आइतबार मात्रै कञ्चनपुरको वेदकोट नगरपालिकाले अत्यावश्यक स्वास्थ्य सुरक्षा सामाग्री खरिदका लागि भन्दै कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पताललाई १० लाख रुपैया आर्थिक सहयोग समेत गरेको बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले जानकारी दिनुभयो । कञ्चनपुरका अन्य पालिकाहरुले कोरोनाको संक्रमण रोकथामका लागी पहल गरी रहेको बताएका छन् । तर कतिपयले भने पालिकाहरुले कोरोनाको संक्रमण रोकथामका लागि गरी रहेका पहलहरु पर्याप्त नभएको बताएका छन् ।

सम्बन्धित

Comments are closed.