बैतडीमा जिप दुर्घटना हुदा ५ जनाको ज्यान गयो,

 बैतडीको पञ्चेश्वरमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो । सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

 जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० बर्षीय जीतसिंह भण्डारी, ३० बर्षीय डम्मरसिंह भण्डारी, २७ बर्षीय हिम्मत भण्डारी र ४० बर्षीय दीपक भण्डारीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब ५ सय मिटर तल खसेको बताइएको छ । साँघुरो घुम्तीमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.