कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पताललाई कञ्चनपुरका सहकारीहरूद्धारा आर्थिक सहयोग

कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पताललाई कञ्चनपुरका सहकारीहरुले आर्थिक सहयोग गरेका छन् । कोरोना महामारीको बेला अक्सिजनको सहज आपूर्तिका लागि कंचनपुरका दुई सहकारीहरुले महाकाली अस्पताललाई आर्थिक सहयोग गरेका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित मेगा बचत तथा ऋण सहकारी संस्था र उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले महाकाली अस्पताललाई संयुक्त रुपमा ३ लाख रुपैया सहयोग गरेका हुन् । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था र मेगा सहकारिले १ लाख ५० हजारका दरले तीन लाख रुपैया रकम बराबरको चेक महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका छ्न । उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुर्ण बहादुर चन्दद्वारा रु.१ लाख ५० हजार रकम बराबरको चेक हस्तान्तरण गरिएको उदयदेव संस्थाका कार्यकारी अधिकृत गणेश बहादुर चन्दले जानकारी दिनु भयो । यसै गरि भने मेगा बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट सहकारीका कार्यकारी प्रमुख सुनिल सेटि ले रु.१ लाख ५० हजार रकम बराबरको चेक अस्पताल व्यवस्थापन समितीका अध्यक्ष जोशीलाई हस्तान्तरण गरेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.