कैलालीको गेटा मेडिकल कलेजमा २ हजार बेड क्षमताको आइसोलेसन निर्माण कार्य सुरू

 कैलालीको गेटा मेडिकल कलेजमा २ हजार बेड क्षमताको आइसोलेसन निर्माण कार्य सुरू भएको छ । संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना फोकल पर्सन तोकेर पठाएका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले उक्त काम थालेका हुन् । जिल्ला प्रशाशन कार्यालय कैलालीले व्यवस्थापन गर्ने गरी निर्माण हुन लागेको आइसोलेसन सेन्टर बनाउन सेना र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।

 कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आइसोलेसनका लागि पूर्वाधार तयार पार्न सेना र सशस्त्र प्रहरी खटिएको बताउनु भयो । सेना, सशस्त्र प्रहरी र २ नगरपालिकाले काम सुरू गरिसकेका बताउदै उहाले स्वास्थ्य मन्त्रालयले आर्थिक सहयोग गर्ने, निर्माणका लागि स्रोत साधन सेना, सशस्त्र प्रहरीले संयुक्त रूपमा उपलब्ध गराउने बताउनु भयो । आवश्यकताअनुसार बेड संख्या बढाउँदै लैजाने तयारी सरकारको छ । होल्डिङ सेन्टर, आइसोलेसन र निजी अस्पतालले सहयोग गर्ने भनेका बेड पनि गेटा मेडिकल कलेजमै कोभिड अस्पतालका रूपमा प्रयोग गर्ने गरी काम भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.