सुदूरपश्चिम प्रदेशमा थप ९ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ जना, कञ्चनपुरका १, डडेल्धुराका १, डोटीका १, बाजुराका १ र बैतडीका १ गरी ९ जनाको ज्यान गएको हो । कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, वडा नम्बर ८ का ५८ वर्षीय पुरुष, कैलालीको गौरीगंगा नगरपालिका १ का ३५ वर्षीय पुरुष र गोदावरी नगरपालिकाका ६७ वर्षीय पुरुषको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनु भयो ।
यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का ३५ वर्षीय पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय पुरुषको ज्यान गएको छ । उहाहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । यस्तै जिल्ला अस्पताल डोटीको आइसोलेसन कक्षमा उपचाररत आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको मृत्यु भएकोे स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति तेज बिक्रम शाहीले बताएका छन् ।