कञ्चनपुरमा अबदेखि मास्क मात्रै लगाएर हिँड्न नपाइने

  कञ्चनपुरमा अबदेखि मास्क मात्रै लगाएर हिँड्न नपाइने भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै अबदेखि मास्क, ग्लोब्स र फेश सिल्ड लगाउन अनिवार्य गरेको छ । प्रशासनले जारी गरेको आदेश उल्लंघन गरिएको भन्दै ती स्वास्थ्य सुरक्षामा सामग्री लगाएर मात्रै बजारमा हिँडडुल आग्रह गरिएको हो । गत सोमबारको आदेश बमोजिम प्रत्येक आईतबार, मंगलबार र बिहिबार बिहान ६ बजेदेखि ९ बजेसम्म तरकारी र खाद्यान्न खरिद बिक्रीको समय तोकेको छ । उक्त समयमा भीडभाड बढी हुन थालेपछि कोरोना संक्रमणको जोखिम रहेकाले सो समयमा मास्क, ग्लोब्स र फेश सिल्ड लगाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनु भयो । a

सम्बन्धित

Leave A Reply

Your email address will not be published.