सुदूरपश्चिम प्रदेशमा पछिल्लो चार दिनमा ४४ जना कोरोना संक्रमितको ज्यान गयो,

 सुदूरपश्चिम प्रदेशमा पछिल्लो चार दिनमा ४४ जना कोरोना संक्रमितको ज्यान गएको छ । सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्याङकअनुसार पछिल्लो चार दिनमा ४४ संक्रमितको ज्यान गएको हो । यही बैशाख १८ गते १० जना, १९ गते १२, २० गते १४ र २१ गते ८ जना कोरोना संक्रमितको ज्यान गएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९० जना पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । होम आइसोलेशनमा ज्यान गुमाएका र उपचारका क्रममा प्रदेश बाहिरका अस्पतालमा ज्यान गुमाएका संक्रमितको संख्या यो तथ्याङमा जोडिएको छैन् । सबैभन्दा बढी कैलाली जिल्लामा ५१ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

सम्बन्धित

Comments are closed.