कञ्चनपुरका कतिपय पालिकाहरुले क्वारेन्टाइन र आइसोलेसन निर्माणमा उदासिनता देखाएको भन्दै चिन्ता व्यक्त,

 कञ्चनपुरका कतिपय पालिकाहरुले क्वारेन्टाइन र आइसोलेसन निर्माणमा उदासिनता देखाएको भन्दै चिन्ता व्यक्त गरिएको छ । कञ्चनपुरमा कोरोना संक्रमितको संख्या दैनिकजसो बढि रहेका बेला पालिकाहरुले क्वारेन्टाइन र आइसोलेसन निर्माणमा उदासिनता देखाएको भन्दै स्वास्थ्य क्षेत्रका जानकारहरुले चिन्ता व्यक्त गरेका हुन् । कतिपय पालिकहरुले यसअघि क्वारेन्टाइन निर्माण गरेका भएपनि हाल भने क्वारेन्टाइन नबनाइएका पाइएको र कतिपय पालिकाले भने नाम मात्रका आइशोलेसन निर्माण गरेका भन्दै स्वास्थ्य क्षेत्रका जानकारहरुले पालिकाहरुले कोरोनाको संक्रमण रोकथामका लागि प्रभावकारी कदम चाल्न नसक्नु दुखद भएको बताएका छन् ।

 कञ्चनपुरका केही पालिकाहरुले भने थोरै बेडको आइशोलेसन निर्माण गरेका पाइएको छ । त्यसैमध्येको एक हो, कञ्चनपुरको कृष्णपुर नगरपालिका । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जम्मा ५ बेडको आइशोलेसन निर्माण गरिएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढि रहेका नगरपालिकाले आइशोलेसनको क्षमता बढाउनका लागि पहल नगरेको भन्दै कृष्णपुर नगरपालिकाका कतिपय नगरवासीहरुले गुनासो गरेका छन् ।

 यस विषयमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नन्दलाल बोहरासंग बुझ्दा उहाले यसअघि कोरोना अस्पताल भनेर बनाइएको र अहिले त्यसैलाई आइशोलेसनका रुपमा प्रयोग गरि रहेका बताउनु भयो । आइशोलेसनको क्षमता वृद्धि गर्नका लागि नगरपालिकाको तर्फबाट पहल नभइ रहेको उहाले समेत स्वीकार गर्नु भयो ।

 साथै उहाले कोरोनाका लक्षण देखिएका शंकास्पद व्यक्तिहरुको कोरोना परीक्षण गर्ने योजनाअनुरुप हप्ताका दुई दिन सोमवार र शुक्रवार स्वाव शंकलन गर्ने योजना बनाइ रहेका बताउनु भयो । आइशोलेसनको क्षमता वृद्धिका लागि नगरपालिकाले के गर्दैछ र स्वास्थ्य पुर्वाधारको विकासका लागि नगरपालिकाको योजना के छ भन्ने जानकारी पाउनका लागि कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमाललाई सम्पर्क गर्दा उहाले फोन उठाउनु भएन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.