सुदूरपश्चिम प्रदेशमा थप ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६५० जनाको स्वावको नमूना परीक्षण गर्दा ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
संक्रमित मध्ये कैलालीको धनगढीका मात्रै ११७ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका १६१ जना र अन्य जिल्लाका ९१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । हाल अस्पतालमा ५८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो । यस्तै पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ६ जना निको भई घर फर्किएका छन् भने थप १४ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
Comments are closed.