गाडीलाई एम्बुलेन्स र टिपरलाई शववाहन बनाउने घोषणा

डडेल्धुराको अमरगढी नगरपालिकाले नगरपालिकाको गाडीलाई एम्बुलेन्स र टिपरलाई शववाहन बनाउने घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि अमरगढी नगरपालिकाले यस्तो घोषणा गरेको हो । डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको अमरगढीले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स र टिपरलाई शववाहन बनाउने निर्णय गरेको अमरगढी नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले जानकारी दिनु भयो । उहाका अनुसार नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स र नगरपालिकाको टिप्परलाई शववाहन बनाउने निर्णय गरिएको हो । आफ्नो सरकारी गाडीलाई एम्बुलेन्स बनाउने अमरगढी नगरपालिका डडेल्धुरा जिल्लामै पहिलो स्थानीय तह हो । यसअगाडि जनताको करबाट खरिद गरेका स्थानीय तहका गाडीलाई कोरोना संक्रमितको लागि प्रयोग गर्नुपर्ने आवाज तीव्र रूपमा उठेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.