महाकाली अस्पताललाई कञ्चनपुरको भीमदत्त नगरपालिकाद्धाराआर्थिक सहयोग

कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पताललाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले आर्थिक सहयोग गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई २० लाख रुपैया आर्थिक सहयोग गरेको हो । बिहीबार महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट र उपप्रमुख सुशीला चन्द (सिंह) ले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन् । महाकाली अस्पतालमा कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक अक्सिजन ग्यास खरिद, आइसियु तथा भेन्टिलेटर सञ्चालन र व्यवस्थापन गर्नका लागि भीमदत्त नगरपालिकाले अस्पताललाई २० लाख रुपैया आर्थिक सहयोग गरेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.