भन्सार छली गरी ल्याइएको मालसामान प्रहरीद्धारा बरामद

 कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतबाट भित्र्याइदै गरेको ६० हजार बढी मूल्य बराबरको भन्सार छली गरी ल्याइएको मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय बजार बसहीबाट नेपाल ल्याइदै गरेको अबैध मालसामान बुधबार राती  ६० हजार १९५ रुपैयाँ बराबरको अबैध मालसामान बरामद गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिनु भयो ।

 उहाका अनुसार  लकडाउनको मौका छोपी चोरीपैठारी बढेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीले उक्त मालसामान बरामद गरेको हो । भारतीय बजार बसही बाट ल्याइदै गरेको इलेक्ट्रोनिक सामान, कुखुराको दाना लगायत चिसो पेय पदार्थ डिउ बरामद गरिएको प्रहरी निरीक्षक बिष्टले बताउनु भयो । बरामद गरिएको मालसामान भन्सार कार्यालय कैलाली पठाइएको जनाएको छ ।

सम्बन्धित

Comments are closed.