कञ्चनपुरको पुर्नवास नगरपालिकामा होम आइशोलेसनमा बसेकाहरुको निगरानी गर्नका लागि नागरीक निगरानी संयन्त्र गठन गरीने भएको छ । सबै वडा स्तरमा वडा अध्यक्षको अध्यक्षतामा नागरीक निगरानी संयन्त्र गठन गर्ने निर्णय भएको पुर्नवास नगरपालिकाले जनाएको छ । साथै पुर्नवास नगरपालिकामा नगरपालिका स्तरीय नागरीक निगरानी समुह गठन गर्ने निर्णय समेत गरिएको छ । नगर प्रमुख जीवनरान थापाको संयोजकत्वमा नगरपालिका स्तरीय नागरीक निगरानी समुह गठन गर्ने निर्णय गरीएको हो ।
Comments are closed.